१२ मिनेटमै इलेक्ट्रिक स्कुटर फूल चार्ज, ९० कि.मि. कुद्ने दाबी  « Khabarhub

१२ मिनेटमै इलेक्ट्रिक स्कुटर फूल चार्ज, ९० कि.मि. कुद्ने दाबी 


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय इलेक्ट्रिक सवारीसाधन उत्पादक कम्पनीले १२ मिनेटमै चार्ज गर्न मिल्ने र माइलेज ९० किलोमिटर दिने दाबी सहित व्याट्री प्याकमा स्कुटर सार्वजनिक गरेको छ । स्कुटरमा प्रयोग भएको ‘क्लिक’ नामक व्याट्रीलाई १२ मिनेटमै फुलचार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

भारतका विभिन्न कम्पनीहरुबीच नयाँ इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ । यस्तोमा रोवट इलेक्ट्रिक नामक कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले केही दिनअघि सार्वजनिक गरेको उक्त सवारीसाधन २०२० जनवरीदेखि बजार बिक्री सुरु गर्ने जानकारी दिएको छ । रोवेट इलेक्ट्रिकले युवाहरुलाई लक्षित गरेर बजारमा ल्याउने तयारी गरेको इलेक्ट्रिक टु ह्वीलर्समा ४ स्कुटर र एक मोटरसाइकल रहने जनाइएको छ ।

ग्राहकले आफ्नो बजेट, रेन्ज र ब्याट्री क्षमता अनुसार आफ्नो सवारीसाधन किन्न पाउन् भनेर सबै फरक फरक रेञ्जमा स्कुटर ल्याउन लागिएको जनाएको छ । स्कुटर तथा मोटरसाइकलमा लिथियम आयोन, लेड एसिड र प्याटेन्टेड ‘क्लिक’ ब्याट्रीको प्रयोग गरिएको छ ।

कम्पनीले यसरी ल्याएको व्याट्री अप्सनमा सबैभन्दा महंगो लिथियम आयोन व्याट्री प्रयोग गरिएका सवारीसाधन छन् भने सबैभन्दा चाँडो चार्ज हुने क्लिक व्याट्री रहेको छ । यी सबै व्याट्रीको रेञ्ज एक पटकको फुलचार्जमा ९० किलोमिटर रहेको छ ।

नेपालमा भने यी स्कुटर र बाइक छिटो उपलब्ध सम्भावना कम छ । हाल नेपालमा पनि करिब एक दर्जन इलेक्ट्री मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनी संचालनमा रहेका छन्  ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ३१ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ