जनावरीमा टाटाका नयाँ मोडलका तीन कार नेपाल भित्र्याइँदै « Khabarhub

जनावरीमा टाटाका नयाँ मोडलका तीन कार नेपाल भित्र्याइँदै


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  टाटा मोटर्सले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको तीन नयाँ मोडलका कार २०२० जनवरीमा नेपाल भित्र्याउने भएको छ ।

टाटा मोटर्सको नेपालकको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ  मोडलका तीन वटा कार नेपाल ल्याउन लागेको जनाएको हो । ती कारहरु जनावरी अन्तिमसम्म नेपाल ल्याइनेछन् ।

नयाँ मोडलका तीन वटा कारहरुमा बजड (टाटा एच५लाई ७ सिट क्षमतामा ल्याउने), नेक्सन इभी र अल्ट्रोज रहेका छन् ।

कम्पनीले ल्याउने यी तीनवटै गाडी विशेष रहेको छ । बजड ७ सिट क्षमताको एसयूभी हो भने नेक्सन इभी टाटाको बहुप्रतिक्षीत इलेक्ट्रीक सब कम्प्याट एसयूभी हो । त्यसैगरी कम्पनीले ल्याउन लागेको अर्को कार प्रिमियम ह्याचव्याक कार अल्ट्रोज हो ।

बजड

टाटाको नयाँ कार बजड ह्यारीयर (नेपालमा नाम एच५) को ७ सिटर भेरियन्ट हो । यो मोडल ह्यारीयरभन्दा ६३ एमएम लामो, ८० एमएम अग्लो रहेको छ भने यसमा ५ स्पोक सिल्भर अलोय ह्वील दिइएको छ ।

कम्पनीले यसमा २.० लिटर ४ सिलिण्डर डिजल इन्जिन दिएको छ । उक्त इन्जिनले १७० बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड म्यानुयल गियरबक्स रहने उक्त एसयूभी अटोमेटिक ट्रान्समिसनमा समेत उपलब्ध रहने छ ।

अल्ट्रोज

टाटाले दुई पटकसम्म सार्वजनिक गर्ने मिति परिवर्तन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज अब भने सार्वजनिक हुने भएको छ । कम्पनीले अब अल्ट्रोजलाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ल्याउने छ ।

कम्पनीले २०१९ जेनेभा अटो शोमा सार्वजनिक गरेको उक्त कार १.२ लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ पीएस पावर र १४० एनएम टर्क जेनेरेट गर्छ । यसले बजारमा मारुती सुजुकी बलेनो र हुन्डाईको इलाइट आई २० सँग सिधा प्रतिस्प्रर्धा गर्नेछ ।

नेक्सन इभी

टाटा नेक्सनको इलेक्ट्रीक मोडलपनि २०२० को सुरुवातमा आउने अनुमान गरिएको छ । सिप्रदी स्रोतका अनुसार कम्पनीले २०२० जनवरीमा इलेक्ट्रीक कार नेक्सन आउने जानकारी दिएको छ । तर, कुन मितिमा सार्वजनिक हुन्छ भन्ने विषयमा भने जानकारी दिएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल