जनावरीमा टाटाका नयाँ मोडलका तीन कार नेपाल भित्र्याइँदै « Khabarhub

जनावरीमा टाटाका नयाँ मोडलका तीन कार नेपाल भित्र्याइँदै


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  टाटा मोटर्सले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको तीन नयाँ मोडलका कार २०२० जनवरीमा नेपाल भित्र्याउने भएको छ ।

टाटा मोटर्सको नेपालकको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ  मोडलका तीन वटा कार नेपाल ल्याउन लागेको जनाएको हो । ती कारहरु जनावरी अन्तिमसम्म नेपाल ल्याइनेछन् ।

नयाँ मोडलका तीन वटा कारहरुमा बजड (टाटा एच५लाई ७ सिट क्षमतामा ल्याउने), नेक्सन इभी र अल्ट्रोज रहेका छन् ।

कम्पनीले ल्याउने यी तीनवटै गाडी विशेष रहेको छ । बजड ७ सिट क्षमताको एसयूभी हो भने नेक्सन इभी टाटाको बहुप्रतिक्षीत इलेक्ट्रीक सब कम्प्याट एसयूभी हो । त्यसैगरी कम्पनीले ल्याउन लागेको अर्को कार प्रिमियम ह्याचव्याक कार अल्ट्रोज हो ।

बजड

टाटाको नयाँ कार बजड ह्यारीयर (नेपालमा नाम एच५) को ७ सिटर भेरियन्ट हो । यो मोडल ह्यारीयरभन्दा ६३ एमएम लामो, ८० एमएम अग्लो रहेको छ भने यसमा ५ स्पोक सिल्भर अलोय ह्वील दिइएको छ ।

कम्पनीले यसमा २.० लिटर ४ सिलिण्डर डिजल इन्जिन दिएको छ । उक्त इन्जिनले १७० बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड म्यानुयल गियरबक्स रहने उक्त एसयूभी अटोमेटिक ट्रान्समिसनमा समेत उपलब्ध रहने छ ।

अल्ट्रोज

टाटाले दुई पटकसम्म सार्वजनिक गर्ने मिति परिवर्तन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज अब भने सार्वजनिक हुने भएको छ । कम्पनीले अब अल्ट्रोजलाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ल्याउने छ ।

कम्पनीले २०१९ जेनेभा अटो शोमा सार्वजनिक गरेको उक्त कार १.२ लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ पीएस पावर र १४० एनएम टर्क जेनेरेट गर्छ । यसले बजारमा मारुती सुजुकी बलेनो र हुन्डाईको इलाइट आई २० सँग सिधा प्रतिस्प्रर्धा गर्नेछ ।

नेक्सन इभी

टाटा नेक्सनको इलेक्ट्रीक मोडलपनि २०२० को सुरुवातमा आउने अनुमान गरिएको छ । सिप्रदी स्रोतका अनुसार कम्पनीले २०२० जनवरीमा इलेक्ट्रीक कार नेक्सन आउने जानकारी दिएको छ । तर, कुन मितिमा सार्वजनिक हुन्छ भन्ने विषयमा भने जानकारी दिएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ०५ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक