फ्राइडे फिल्मस्: स्वस्तिमाको ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा « Khabarhub

फ्राइडे फिल्मस्: स्वस्तिमाको ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा दुई चलचित्र एकसाथ रिलिज भएका छन् । चित्तबुझ्दो शो नपाएर २ हप्ता पछि सरेको ‘घामड शेरे’ र साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा आएका हुन् ।

मेकिङका हिसाबले दुवै चलचित्रको स्वाद फरक छ । व्यावसायिक हिसाबले समेत दर्शकलाई मन पर्ने गरी निर्माण गरिएको चलचित्र ‘घामड शेरे’ मा निश्चल बस्नेत स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । फिल्ममा स्वस्तिमा र निश्चलले साली भेनाको भूमिका निभाएका छन् ।

फिल्मलाई हेमराज बिसीले निर्माण तथा निर्देशन गरेका हुन् । यसअघि उनले व्यावसायिक रुपमा केही सफल र केही असफल फिल्म दिएका छन् ।

फिल्ममा गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मले मल्टिप्लेक्समा राम्रै शो पाएको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आउने फिल्म ‘जीवन काँडा कि फूल’ मा विनोद विष्टको निर्देशन छ । निर्माण तयार भएको लामो समयपछि प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा निकै कम शो पाएको छ ।

झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित यो फिल्ममा झमक कसरी बाल्यकाल गुजारेर लेखक बनिन् भन्ने कथा देखाइएको छ । खुट्टाले लेख्ने कारणले गर्दा विश्वचर्चित बनेकी झमक घिमिरे नेपाली साहित्यमा सम्मानित नाम हो ।

फिल्ममा अवस्था थापाले बाल्यकालकी झमक घिमिरेको भूमिका निभाएका छिन् भने काठमाडौंकी रोजिता बुद्धाचार्यले वयस्क झमक घिमिरेको भूमिकामा अभिनय गरेकी छिन् । यस्तै फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेन्का प्रधान लगायतको पनि अभिनय देख्न सकिन्छ ।

झमक घिमिरेको जीवनी नजिकबाट बुझ्न चाहनेका लागि यो एक महत्त्वपूर्ण फिल्म बन्न सक्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : २८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले