फ्राइडे फिल्मस्: स्वस्तिमाको ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा « Khabarhub

फ्राइडे फिल्मस्: स्वस्तिमाको ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा दुई चलचित्र एकसाथ रिलिज भएका छन् । चित्तबुझ्दो शो नपाएर २ हप्ता पछि सरेको ‘घामड शेरे’ र साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा आएका हुन् ।

मेकिङका हिसाबले दुवै चलचित्रको स्वाद फरक छ । व्यावसायिक हिसाबले समेत दर्शकलाई मन पर्ने गरी निर्माण गरिएको चलचित्र ‘घामड शेरे’ मा निश्चल बस्नेत स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । फिल्ममा स्वस्तिमा र निश्चलले साली भेनाको भूमिका निभाएका छन् ।

फिल्मलाई हेमराज बिसीले निर्माण तथा निर्देशन गरेका हुन् । यसअघि उनले व्यावसायिक रुपमा केही सफल र केही असफल फिल्म दिएका छन् ।

फिल्ममा गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मले मल्टिप्लेक्समा राम्रै शो पाएको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आउने फिल्म ‘जीवन काँडा कि फूल’ मा विनोद विष्टको निर्देशन छ । निर्माण तयार भएको लामो समयपछि प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा निकै कम शो पाएको छ ।

झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित यो फिल्ममा झमक कसरी बाल्यकाल गुजारेर लेखक बनिन् भन्ने कथा देखाइएको छ । खुट्टाले लेख्ने कारणले गर्दा विश्वचर्चित बनेकी झमक घिमिरे नेपाली साहित्यमा सम्मानित नाम हो ।

फिल्ममा अवस्था थापाले बाल्यकालकी झमक घिमिरेको भूमिका निभाएका छिन् भने काठमाडौंकी रोजिता बुद्धाचार्यले वयस्क झमक घिमिरेको भूमिकामा अभिनय गरेकी छिन् । यस्तै फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेन्का प्रधान लगायतको पनि अभिनय देख्न सकिन्छ ।

झमक घिमिरेको जीवनी नजिकबाट बुझ्न चाहनेका लागि यो एक महत्त्वपूर्ण फिल्म बन्न सक्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : २८ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण