सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन थपिए ५ स्कीम « Khabarhub

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन थपिए ५ स्कीम


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लोकप्रिय दावी गरेको योगदानमा आधारित सुरक्षा कोषलाई प्रभावकारी बनाउन नयाँ योजना ल्याउने भएको छ ।

कोषमा रोजगारदाता कम्पनी, प्रतिष्ठान र श्रमिकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको सरकारले अपेक्षा अनुसार काम नभएपछि घरजग्गा कर्जा, शिक्षा कर्जा, बेरोजगार सुरक्षा योजनासहितका नयाँ स्कीम ल्याएको छ ।

नयाँ स्कीमसहित कोषमा आबद्ध हुन रोजगारदाता कम्पनी, प्रतिष्ठान र श्रमिकलाई आह्वान पनि गरेको छ । नयाँ सुविधासहितका स्कीमबाट कोषमा सहभागिता बढ्ने सरकारी अपेक्षा छ ।

यसअघि कोषमा योगदान गर्ने श्रमिकका लागि चार प्रकारका सामाजिक सुरक्षा सुविधा मात्र दिदै आएको थियो । अब कोषमा योगदानकर्ताले नयाँ ५ वटा सुविधा पाउने भएका छन् ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार अब कोषले १ करोड रुपैयाँसम्म घरजग्गा कर्जा, ३५ लाखसम्म शैक्षिक कर्जा, २५ लाख रुपैयाँसम्मको सामाजिक कर्जा, बेरोजगार सुरक्षा योजना र कोषले धितोको मूल्यांकन गरी अधिकतम ७० प्रतिशतसम्म कर्जा दिने नयाँ सुविधा थपेको जानकारी दिए ।

कोषले यसअघि योगदानकर्ताका हकमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था मिलाएको थियो ।

कोषमा योगदानकर्तालाई थपिएका सुविधाका विषयमा कोषको सञ्चालक समिति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पारित गरिसकेको कार्यकारी निर्देशक ज्ञवालीले बताए ।

कोषले सञ्चालन गर्ने कर्जा सुविधाका लागि योगदानकर्ताले धितो भने अनिवार्य राख्नुपर्ने कार्यविधि बनेको उनले जानकारी दिए ।

‘शैक्षिक कर्जा योगदानकर्ताले स्वयं वा आफ्ना सन्तानको अध्ययनका लिन पाउनेछन् । सामाजिक कर्जाका लागि भने कोषले २५ लाख रुपैयाँसम्म कर्जा दिनेछ । कोषले धितोको मूल्यांकन गरी अधिकतम ७० प्रतिशतसम्म योगदानकर्तालाई दिने छ,’ उनले भने, ‘कर्जा लिनका लागि योगदानकर्ताले ३ वर्ष कोषमा योगदान गरेको हुनुपर्छ । कोषले दिने कर्जाको अवधि ५ देखि १५ वर्षको मात्र हुनेछ । कर्जा पनि सहज तरिकाले पाउने छन् । व्याजदर पनि अति न्यून हुनेछ ।’

श्रमिकको आर्थिक सुनिश्चितता लागि सरकारले योगदानमा आधारित समाजिक सुरुक्षा कोष कार्यक्रम सञ्चालन ल्याएको थियो । सोहीअनुसार सुविधा पनि थप गर्दै लैजाने ज्ञवालीले बताए ।

रोजगारी नपाएका युवाका हकमा पनि कोषले बेरोजगार सुरक्षा योजना कार्यक्रम ल्याएको छ । रोजगारी गर्दै छाडेका युवाका हकमा पनि कोषले विषेश योजना ल्याएको छ ।

बेरोजगारी श्रमिकले ६० वर्ष नपुग्दै जागिर छोडेर कोषमा योगदान गरेको छ भने बृद्ध उमेरमा मासिक केही रकम कोषबाट दिइने व्यवस्था छ । यसरी कोषमा लगानी गरेका श्रमिकले एकमुष्ट पैसा पाउने कोषले जनाएको छ ।

९ करोड संकलन

गत आर्थिक वर्षबाट सञ्चालनमा आएको यो कोषमा १ वर्षमा ९ हजार रोजगारदाता दर्ता सूचिकृत भएका छन् । जहाँ १ लाख ५ हजार श्रमिक सूचीकृतका लागि आएको कोषले जनाएको छ ।

एक वर्षभित्र कोषमा साढे ९ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। कोषबाट दुई जना योगदानकर्ताले मासिक भत्ता पाउन थालेका छन् ।

सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निधारण गरेको छ । यसैका आधारमा कोषमा श्रमिकको न्यूनतम तलबको ११ प्रतिशत रकम जम्मा हुनेछ । उक्त रकममा रोजगारदाता कम्पनीले २० प्रतिशत थप गर्नेछ ।

सरकारले १ प्रतिशत योगदान गरेर ३१ प्रतिशत कोषमा जम्मा हुनेछ । कोषले पुनः सूचिकरणका हकमा एक महिनाको समय थपेको छ । मंसिर १४ गतेसम्म सूचिकरण हुन बाँकी रोजगारदाता, प्रतिष्ठान र श्रमिकलाई समय थपिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : २३ बजे

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक