चम्चाले खाना खाने गर्नुभएको त छैन ? | Khabarhub Khabarhub

चम्चाले खाना खाने गर्नुभएको त छैन ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भोजन ग्रहणका केही संस्कृति रहेका छन् । हातले गरिने भोजन, काँटा वा चम्चाले गरिने भोजन वा चपिस्टिकले खाइने खाना ।

नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ ।

भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि टिउरी गर्ने नभएका पनि होइनन् । यसबाट तपाईले लाज मान्ने गर्नु भएको छ भने पनि पिर नगर्नुहोस् ।

हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ ।

हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ । आयुर्वेदका अनुसार खाना पाँच औंलाको संगमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रकृयालाई पनि यसले फाइदा गर्छ ।

विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ ।

भोजनहरु खिचडी, दाल र भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पूराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढि लाभप्रद छ ।

माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु सरीरले सजिलैसँग लिन सक्छ ।

साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।

पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ ।

भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ ।

यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।

जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ ।

यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ । पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ ।

त्यसबाहेक अन्य फाइदा पनि छन् –

आयुर्वेदका अनुसार हातको प्रत्येक औंलामा पाँच तत्व रहेको हुन्छ ।  बुढी औला अन्तरिक्ष सम्बन्धि, चोर औंला हावा सम्बन्धी, माझी औंला आगो सम्बन्धि, साइली औंला पानी र कान्छी औंला पृथ्वीसँग समबन्धित छन् ।

जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्व सक्रिय हुन्छन् । र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ ।

काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईलाई मधुमेहको जोखिममा पु¥याउन पनि सक्छ ।

यूरोपीय सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा प्रकाशित एक अध्ययन का अनुसार जो मानिस भोजन चाँडो चाँडो खान्छन् उनीहरुलाई दोस्रो प्रकारको मधुमेह को जोखिम रहन्छ ।

चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १ : २३ बजे

नेपालमा निर्वाचन : पद्म समशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष