उपनिर्वाचन–लामिछाने र चौलागाईँको उम्मेदवारी खारेज « Khabarhub

उपनिर्वाचन–लामिछाने र चौलागाईँको उम्मेदवारी खारेज


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँ रहेका उनले जानकारी दिए । अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उनको भनाइ थियो ।

दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै यही कात्तिक २४ गते बिहान १०:०० देखि दिउँसो १: ०० बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३:०० देखि ५:०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका