कर्मचारीसँग प्रेम गरेको भन्दै म्याक डोनाल्ड्सका सिइओको जागिर चट् « Khabarhub

कर्मचारीसँग प्रेम गरेको भन्दै म्याक डोनाल्ड्सका सिइओको जागिर चट्


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम एक भावना हो । यो स्नेह, लगाव र आत्मियताको मिश्रण पनि हो । प्रेम आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ । प्रेमका कारण कतिपय संबन्धले इतिहास रचेका छन् भने केहिले यसमा द्वन्द्व भोग्ने र ज्यान समेत गुमाएका छन् ।

प्रेममा परेकाहरु ज्यान लिन र दिन समेत पछि पर्दैनन् । तर पनि प्रेमको कुनै परीधि हुदैन न त यसको कुनै नियम नै हुन्छ । तर विश्वमा केहि यस्ता कम्पनीहरु पनि छन् जसले आफ्ना कर्मचारीलाई प्रेम गर्न प्रतिबन्ध लगाउदै आएका छन् । प्रतिबन्ध पनि यतिसम्म कि प्रेम गरेकै कारण जागिरबाट निकाला गरिन्छ । हो पत्याउनै नसकिने घटना अन्त कहि नभएर अमेरीकाको हो ।

बर्गर तथा फाष्टफुटका लागि चर्चित रेष्टुरेन्ट म्याकडोनाल्ड्सले प्रमुख कार्यकारी अधिकृतलाई प्रेम गरेको भन्दै जागिरबाट निकाला गरेको छ । म्याकडोनाल्ड्सको मुख्यालयमा कार्यरत सहकर्मीसंग प्रेम गरेको भन्दै सीइओ स्टीव ईस्टरब्रुकलाई जागिरबाट निकालेको हो ।

विश्वका अधिकाशं देशमा हजारौको संख्यामा फैलिएको फाष्टफुड उत्पादक रेष्टुरेन्ट म्याकडोनाल्ड्सले आफ्नो नीति उल्लंघन गरी मुख्यालयकै कर्मचारीसंग प्रेम गरेको भन्दै स्टीवलाई निकालेको हो ।

कम्पनीका अनुसार वरिष्ठ पदका कर्मचारीलाई सहकर्मीसंग प्रेम गर्न प्रतिबन्ध लगाइएको थियो  ।  स्टिवले त्यसको उल्लघंन गर्दै प्रेम गरे फलस्वरुप उनलाई जागिरबाट निकालिएको हो ।

ईस्टरब्रुकले पनि प्रेम रहेको स्विकार्दै आफू कम्पनीको नीति विपरीत गएको बताएका छन् । म्याकडोनाल्ड्सले यस बिषयमा लामै बहस चलाएको थियो । जस अनुसार एक साता अघि उनलाई जागिरबाट निकाल्ने बिषयमा सहमति जुटाएको थियो ।

स्टिव निष्काशनमा परेपछि म्याकडोनाल्ड्सको अध्यक्ष र सिइओमा क्रिस क्येम्पस्जिन्स्की नियुक्त भएका छन् । क्रिसलाई स्टिवले नै केहि बर्षअघि म्याकडोनाल्ड्समा ल्याएका थिए । विश्वका अधिकाशं देशका चर्चित शहरमा म्याकडोनाल्ड्सको ३७ हजार ८ सय ५५ वटा रेस्टुरेन्ट रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर