अरुको घरमा रंग लगाउने सञ्जिव यसरी बने रातारात करोडपति « Khabarhub

अरुको घरमा रंग लगाउने सञ्जिव यसरी बने रातारात करोडपति


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले भन्छन् भाग्यको कुनै भरोशा हुदैन, मात्र मेहनतले मानिसले फल पाउने गर्दछन् । तर केहि मानिसहरु अझै पनि भाग्यमा भरोशा गर्दै आएका छन् । हुनत भाग्यमा भरोशा गरेर मात्र फल पाइने भने होइन यसका लागी मेहनत र श्रम पनि आवश्यक हुन्छ ।

भाग्यमा विश्वास नगर्नेहरु यसलाई झुटो मान्दछन् । तर घरहरुमा रंगरोगन गर्ने एक ब्यक्ति रातारात करोडपति बनेर मानिसको जीवनमा भाग्यको समेत महत्व हुने साबित गरेका छन् ।

भारतको हिमाञ्चल प्रदेशस्थित हिमाञ्चलको ऊना जिल्लाको चुरूडू गाउका संजीव कुमार रातारात करोडपति बनेका छन् । तर यसरी सञ्जिबलाई करोडपति बनाउन न त उनको बर्षाैको मेहनत काम आयो न त उनले नै कुनै बचत गरेका थिए ।

सञ्जिबलाई करोडपती बनाउन उनलाई भाग्यले साथ दियो । यस पटकको तिहारमा उनले एक लट्रि टिकट खरीद गरेका थिए । जसले उनलाई रातारात करोडपति बनाइदियो ।

रंगरोगनको काम गरेर परिवारको पेट पाल्दै आएका संजीवले तिहारको समयमा एक चिट्ठा टिकट किनेका थिए । जसले उनलाई साढे दुई करोड भारतीय रुपैयांको धनी बनाइदियो ।

उनले पाँच सय रुपैया दरका २ वटा टिकट आफ्नो र छोराको नाममा किनेका थिए । छोराका लागी किनेको टिकट नंम्बर ए(४११५७७) ले साढे दुई करोड भारु जित्दै सञ्जीवलाई रातारात करोडपति बनाएको हो । बिजुली बोर्डबाट रीटायर्ड सञ्जीवका पिताले उनलाई विदेश पठाउन ट्राभल एजेन्टलाई लाखौं रकम दिए तर उनीहरुले रकम लिएर पनि धोका दिएका थिए ।

करौडौं रुपैया पाएपछि सञ्जीवले उक्त रकम आफ्नो सन्तानको भविष्य निर्माणमा खर्च गर्ने बताएका छन् । साथै उनले केहि समयभित्रै आफ्नै कारोबार समेत शुरू गर्ने बताएका छन् । उनकी एक विधवा बहिनीकालागी केहि रकम छुट्याएर सञ्जिबले बाकि सम्पती पछि आउनसक्ने दुखःका दिनका लागी जोहो गर्ने मनसाय बनाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ४९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल