साग तोकिएकै मितिमा हुन्छ, शंका नगर्नुस्- एनओसी अध्यक्ष श्रेष्ठ « Khabarhub

साग तोकिएकै मितिमा हुन्छ, शंका नगर्नुस्- एनओसी अध्यक्ष श्रेष्ठ


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद तोकिएकै मितिमा हुने बताएका छन् ।

सागको उद्घाटन हुन मात्रै २३ दिन बाँकी रहँदा पनि उद्घाटन स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ सिस्टमको स्वीमस्ङ पुल तयार नभइसक्दा चौतर्फी रुपमा साग सर्ने हल्ला भइरहँदा श्रेष्ठले कुनै पनि हालातमा साग नसर्ने बताएका हुन् ।

‘तीन पटक यसअघि नै सारिसकेका कारण अब नेपालले सागलाई कुनै पनि हालातमा सार्न मिल्दैन । अहिले तोकिएकै मितिमा हुनेमा शंका नगर्नुस्,’ श्रेष्ठले खबरहबसँग भने,‘साग सार्नु परे नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवी समाप्त हुन्छ । त्यसैले पनि हामी जुनसुकै हालतमा साग तोकिएकै मितिमा गर्ने तयारीमा छौं ।’

दशरथ रंगशालामा मंसिर ३ गते हुने तय भएको फिफा विश्वकप तथा एसियन कप २०२३ छनोट अन्तरगत कुवेतसँगको खेलका लागि एएफसीले अयोग्य भनेपछि अहिले नेपाल तटस्थ भूमि खोजिरहेको छ ।

सागको उद्घाटनस्थल रहेको रंगशालामा अझै पनि भीआईपी प्यारापिट नाङ्गै छ । सामान्य प्यारापिटमा सिट राखिसक्दा भीआईपी प्यारापिटमा भर्खर छानोका पिलर राख्ने काम भइरहेको छ ।

तर, चीनबाट ल्याउने भनिएको भिआईपी प्यारापिटको छानो अहिलेसम्म आउन सकेको छैन । उक्त छानो आउन अझै ५ दिन भन्दा धेरै समय लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : १२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत