सेलिब्रेटीले हेरे ‘घामड शेरे’, माग्ने बूढाले भने – मेरो पनि खेत खोलाले बगाएको थियो « Khabarhub

सेलिब्रेटीले हेरे ‘घामड शेरे’, माग्ने बूढाले भने – मेरो पनि खेत खोलाले बगाएको थियो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक कथामा निर्माण भएको चलचित्र ‘घामड शेरे’ को प्रिमियर शो बिहीवार सम्पन्न भएको छ । भक्तपुरको राधे राधेमा हालै सञ्चालनमा आएको क्युएफएक्स हलमा चलचित्रको विशेष शो राखिएको थियो ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो चलचित्रले सामाजिक मुद्दा उठाएको छ । विदेशबाट फर्केर गाउँमै केही गरौँ भनेर लागिपरेको शेरेले किनेको खेत खोलाले बगाएपछि आएका आरोह अवरोह चलचित्रमा देखाइएको छ ।

शेरेको भूमिकामा निश्चल बस्नेतले अभिनय गरेका छन् । यस्तै चलचित्रमा स्वस्तिमा खड्का सालीको भूमिकामा छिन् ।

राजधानीमा सम्पन्न भएको प्रिमियर शो पछि सेलिब्रेटीले चलचित्रले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्र हेरिसकेपछि हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ले यो चलचित्रले किसानको मर्म उठाएको प्रतिक्रिया दिए ।

‘बाढीपीडित किसानको मर्ममाथि चलचित्र बनेको रहेछ, २०५० सालमा हाम्रो खेत पनि खोलाले लगेको थियो, अर्को दिन हेर्दा खेतमा बालुवा भरिएको थियो,’ घिमिरेले भने, ‘माछा उफ्रिरहेका थिए, त्यो घटना पनि याद आयो, चलचित्र राम्रो लाग्यो ।’

उनले चलचित्र हेरुञ्जेल राम्रो भएको र कतिपय दृश्यले मन छोएको बताए ।

चलचित्र हेरिसकेपछि निर्देशक अशोक शर्माले ‘घामड शेरे’ मा खोट लगाउने ठाउँ नभएको प्रतिक्रिया दिए । उनले भने, ‘चलचित्रमा मैले खोट लगाउने ठाउँ देखिन, अर्गानिक कथा छ ।’

यस्तै चलचित्र हेरेर निर्देशक प्रदीप भट्टराईले पनि मन परेको प्रतिक्रिया दिए । उनले केही भूमिकाले भावुक बनाएको समेत बताए ।

‘हेमराज बिसीलाई लभस्टोरी चलचित्रका बादशाह निर्देशक भनेर चिनिथ्यो, मलाई त अरु चलचित्रभन्दा पनि यो मन पर्‍यो, समग्रमा चलचित्र राम्रो लाग्यो, गतिलो विषय उठाएर पनि मनोरञ्जन दिन सकिन्छ भन्ने लाग्यो,’ भट्टराईले भने ।

चलचित्र हेर्न हेमन्त शर्मा, सीता घिमिरे (केदार घिमिरेकी पत्नी), हेमन्त शर्मा, गौरव पहारी, संयम पुरी लगायतका कलाकार र चलचित्र निर्माण टिम उपस्थित थिए ।

कार्तिक ८ गते प्रदर्शनमा आउने चलचित्रले मल्टिप्लेक्समा चित्तबुझ्दो शो नपाएपछि २ हप्ता पछाडि धकेलिएको थियो । आज (शुक्रबार) देखि प्रदर्शनमा आएको चलचित्रले रिलिजअघि भने राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया