यही वर्ष प्रेमीसँग बिहे गर्ने तयारीमा आँचल ! « Khabarhub

यही वर्ष प्रेमीसँग बिहे गर्ने तयारीमा आँचल !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्मा बिहे गर्ने तयारीमा छिन् । एक अन्तर्वार्ताका क्रममा आँचलले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना बनाएको खुलासा गरिन् ।

सोलो नायिकाका रुपमा खासै जम्न नसकेकी आँचलले पछिल्लो समय ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन् । फिल्मले एकाउन्नौँ दिन मनाए पनि आँचलले भने फिल्मबाट खासै क्रेडिट पाइनन् ।

फिल्म नगरीमा पल शाहसँग प्रेममा रहेको हल्ला चले पनि आँचल र पलले यो गसिपको खण्डन गर्दै आएका थिए । पल र आँचल आफूहरु राम्रो साथी भएको बताउँदै आएका थिए ।

मिडियामा पल र आँचल प्रेममा रहेको चर्चा चलिरहँदा पेशाले डाक्टर उदिप श्रेष्ठसँग सम्बन्धमा रहेको चर्चा चलेको थियो । शुरुमा आँचलले आफूहरु प्रेममा परेको तर राम्रो साथी भएको बताए पनि अहिले भने आँचल र उदिपबीच सम्बन्ध नजिकिएको छ ।

यी दुईका परिवारले पनि आँचल र उदिपको सम्बन्धलाई स्वीकारेका छन् । आँचल उदिपको घरमा पनि आउने जाने गर्छिन् ।

सम्बन्ध यतिसम्म नजिक भएको छ कि, आँचलले उदिपसँग बिहे नै गर्ने भएका छन् । उदिपको परिवार पनि फिल्म क्षेत्रसँग नजिक छ ।

यो पनि पढ्नुहोस्:

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : १८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण