उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्तामा गाउँपालिकामा वडाध्यक्ष पदको उपनिर्वाचन २०७६ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गाउँपालिकाको साविक भवन तथा श्री भुपेन्द्रनारायण संस्कृत माध्यमिक विद्यालयमा कार्यालय स्थापना गरिएको हो । गाउँपालिकाको वडा नं ७ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका–७ का वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिका प्रमुख पदमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएर जम्मा मतदाता एक हजार ४०३ पुगेको छ । अगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सप्तरीमा पनि निर्वाचनको गतिविधि तीव्र भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा विभिन्न सुरक्षा निकायका प्रमुखलगायतका सुरक्षाकर्मीले स्थलगत निरीक्षण गरी उक्त कार्यालयको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा