महानगरको सहयोगमा कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट « Khabarhub

महानगरको सहयोगमा कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- काठमाडौं महानगरपालिकाको सहयोगमा कान्ति बाल अस्पतालमा अक्सिजन प्लाण्ट राखिने भएको छ । अक्सिजन प्लान्ट जडानका लागि महानगर र  कान्ति बाल अस्पताबीच शुक्रबार सम्झौता भएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्राडा आर. पफ.विच्छाले शुक्रबार आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर पाँचका सांसद समेत रहेका उपप्रधान तथा रक्षामन्त्री र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेयर शाक्यले नगरसभाबाट रु दुई करोड विनियोजन गरेको भन्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे ।

‘नगरसभाबाट रु दुई करोड विनियोजन गरेका छौँ । तपाईँहरु आजैबाट प्रक्रिया अघि बढाउनुहोस् । हामी योजना अनुसारको पैसा दिन तयार छौँ,’ उनले भने, ‘पैसा अनुसारको योजना बनाउनुभयो भने त्यो कमसल हुने र उपयोगी नहुने हुनसक्छ । कमसल सामान खरिद गर्नुभयो भने त्यो पटक–पटक मर्मत गर्नुपर्ने र काम नलाग्ने हुनसक्छ । त्यसमा ख्याल गर्नुहोला ।’

मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।

निर्देशक विच्छाले अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख खर्च हुने गरेको बताएपछि मेयर शाक्यले यो आर्थिक वर्ष भित्रै सम्झौता अनुसार काम सम्पन्न गरे अस्पताललाई आर्थिक भार कम हुने बताए ।

‘महानगरपालिकाले गरेको सहयोग फिर्ता लिनका लागि होइन,’ शाक्यले भने ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।’

निर्देशक विच्छाले अहिले पनि रातो स्टीकर टाँसेको भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो गरेपछि मन्त्री पोख्रेलले प्रक्रिया अघि बढाएर पुरानो भवन भत्काउने र नयाँ भवन निर्माण गर्ने कुरामा पनि सहयोग गर्न तयार रहेको बताए ।

२०५२ सालको दरवन्दीले अहिलेसम्म चलाउनु परेको, बजेट थोरै भएको, कर्मचारीको तवलका लागि आउने बजेट समेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि मन्त्री पोख्रेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

२०४४ सालमा अधिग्रहण भएको करीब ६० रोपनी जग्गा अस्पतालको नाममा ल्याउनका लागि प्रयास भैरहेको भन्दै त्यसलाई सहज रुपमा अघि बढाउने कुरामा सहयोग गर्न पनि निर्देशक विच्छाले आग्रह गरे।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ४१ बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको