निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे | Khabarhub Khabarhub

निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन : बिजुक्छे


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन्।

आगामी मंसिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले निर्वाचनमा मादक पदार्थ र भोजभत्तेर गरेर मतदातालाई झुक्याउने तथा कुनै पनि प्रभाव र प्रलोभनमा पार्नेप्रति कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले सङ्घीय व्यवस्थाबारे आधारभूत ज्ञानसमेत नभएका प्रतिनिधि कुनै पनि संसद्मा पुग्दा सङ्घीय व्यवस्था थप भद्रगोल हुने बताए।

उपनिर्वाचनलाई ठूला दलका गलत काम र पूँजीवादी व्यवस्थाका विकृतिबारे जनतासम्म पुर्‍याउने राजनीतिक अभियानको रूपमा पार्टीले लिएको उनको भनाइ थियो ।

लिम्पियाधुराको समस्याबारे नेमकिपाले यसअघिका सरकारलाई पटक पटक सचेत पार्दै आएको चर्चा गर्दै उनले तिब्बत् पुग्ने बाटो भएकाले भारतले सो क्षेत्रलाई रणनीतिकरूपमा उपयोग गर्न खोजेको बताए ।

नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले विगतका निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदै आएको बताउँदै जनतालाई भोजभत्तेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव जित्ने विकृतिका विरुद्धमा सबै एक हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : १५ बजे

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

काठमाडौं – कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो