३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक « Khabarhub

३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस ला लिगामा ३८ वर्ष १४० दिनको उमेरमा एक खेलाडीले आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका छन् । रियल बेटिसका कप्तान सान्चेज रोड्रिग्वेजले ह्याट्रिक गरे । यससँगै ला लिगाको इतिहासमा उनी सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

आइतबार राति भएको खेलमा रियल बेटिसले एथलेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको खलेमा उनले ह्याट्रिक गरेका हुन् । उनले खेलको सुरुवाती २० मिनेट भित्रै ह्याट्रिक गरेका थिए । ।ला लिगामा रोड्रिग्वेज ५३३ खेल खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरे । उनले २० औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एथ्लेटिको बिल्बाओका लागि ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा इनाकी विलियम्स र ७५ औँ मिनेटमा युरी बेर्चिचे इजेताले गोल गरेका हुन् ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा गेटाफेले एइबरलाई १–० तथा लेगानेसले सेल्टा डी भिगोलाई ३–२ ले पराजित गरेको छ । यस्तै रियल सोसिडाड र रियल भालाडोलिडले गोलरहित तथा ओसासुना र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : ४७ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ