साग खेलकुद– आज हुँदैछ १३ खेलमा प्रतिस्पर्धा | Khabarhub Khabarhub

साग खेलकुद– आज हुँदैछ १३ खेलमा प्रतिस्पर्धा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा सोमबार फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १३२ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल हुँदैछन् ?

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ ।

यस्तै साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल सोमबार हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा सोमबार महिला र पुरुष दुवैको कबड्डीको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ ।

बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ । पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

यस्तै साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ । सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

सोमबार नै आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ । यस्तै आज स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् । टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।

कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् ।

साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । भने पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ । त्यस्तै सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : २८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते