शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर « Khabarhub

शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो ।

शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ ।

शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्–

शारीरिक क्षमतामा कमी

शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

सुक्खा छाला

छालालाई स्वस्थ, तन्दुरूस्त र चमकदार राख्नका लागि प्रशस्त पानी पिउनु एकदमै जरूरी हुन्छ । यति मात्रै होइन, छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरूरी हुन्छ ।

थकान

शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छन् ।

मुड खराब

शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रूपबाट मात्र नभई मानसिक रूपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुँने, काममा केन्द्रित हुन नसक्ने र दुःखी रहने गरेको पाइयो ।

शरीर चिसो बनाउँछ

रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्दत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

आँखा धमिलो हुने र तिर्मिराउने

पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।

टाउको दुखाइ

चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जबजब टाउको दुख्छ, एकरदुई गिलास पानी पिउनुस्, सम्भवत टाउको दुखाइ हराएर जान्छ ।

कब्जियत गराउँछ

आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरूरी हुन्छ । तपाईंले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउँछ ।

सास गन्हाउने

हाम्रो ब्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौं । कामको दौरान तपाईंले बोल्दा जब तपाईंका सहकर्मीहरू परपर सर्छन्, अनि मात्रै तपाईंलाई महसुस हुन्छ कि तपाईंले पानी पिउनु भएको छैन र तपाईंको सास गन्हाइरहेको हुन्छ ।

ड्राइभिङ क्षमतामा असर

फिजियोलोजी एण्ड विह्याबियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रूपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्