माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य « Khabarhub

माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो ।

सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १२ : ०८ बजे

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन