माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य | Khabarhub Khabarhub

माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो ।

सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १२ : ०८ बजे

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने