नेकपा सचिवालय बैठकः विधान संशोधन गर्ने निर्णय, उपनिर्वाचनको समीक्षा अर्को बैठकमा « Khabarhub

नेकपा सचिवालय बैठकः विधान संशोधन गर्ने निर्णय, उपनिर्वाचनको समीक्षा अर्को बैठकमा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यसभन्दा अगाडीको स्थायी समिति बैठकको निर्देशनलाई मान्दै पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय गरेको हो ।

पार्टी संशोधनका विषयमा यस अघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार बनाई संशोधन प्रस्ताव तयार गरिने छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेपछि सो प्रस्ताव कार्यान्वयनमा जाने नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी बैठकले गत मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा आगाीमी सचिवालय बैठकमा छलफल गर्ने भएको छ । सवै ठाउँबाट रिपोर्ट नआएको हुँदा अर्को बैठकमा उपनिर्वाचनको विषयमा समिक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘गत बैठकले हालै सम्पन्न उप निर्वाचनको सन्दर्भमा समिक्षात्मक रिपोर्ट २२ गते भित्र पठाउन भनिएकोमा केही ठाउँबाट प्राप्त हुन नसकेको हुँदा अब पाँच दिनभित्र सवै कमिटीले अनिवार्य रुपमा रिपोर्ट पठाउन समय थपिएको छ । सवै ठाउँबाट रिपोर्ट प्राप्त भएपछि यस सम्बन्धमा अर्को बैठकमा छलफल हुनेछ ।’

त्यसैगरी, बैठकमा संगठन विभागले विभागको तर्फबाट कार्ययोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ । उक्त प्रसतावका बारेमा सचिवालयले पार्टी अध्यक्षलाई सुझाव पेश गर्ने र सुझावहरुको वारेमा संगठन विभागका प्रमुखसँग परामर्श गरी अध्यक्षले उक्त प्रस्तावलाई पार्टीको सचिवालय बैठकमा निर्णयार्थ अर्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले बताए ।

विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा देखिएका केही समस्याहरुका सन्दर्भमा आवश्यक छानविन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय निकायहरु केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोगहरु र विभागको पूर्णताका लागि प्रमुख र उपप्रमुखहरुले ७ दिनभित्र महासचिवमार्फत प्रस्तत गरी सचिवालय बैठकले सवै निकाय र विभागलाई पूर्णता दिने गरी निर्णय लिने विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरिएको छ । उनलाई काममा फर्किन निर्देशन दिएको छ । सचिवालयको आगामी बैठक मंसिर २७ गते र स्थायी किमिटि बैठक मंसिर २९ गते ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : ४५ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको