माधव नेपाल विशेषदूत बनेर भारत जाने कुरा थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ « Khabarhub

माधव नेपाल विशेषदूत बनेर भारत जाने कुरा थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा थोरै सल्लाह र धेरै हल्ला भएको बताएका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको बताएका हुन्।

माधव नेपाललाई विशेषदूत बनाएर भारत पठाउने कुरा के भयो ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘यो कुरा यसभन्दा अगाडि नै मैले प्रष्ट पारिसकेको छु। यसबारे आज कुनै छलफल भएन। अलिकति सल्लाह भएको हो, धेरै हल्ला भएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद हल गर्न विशेषदूत बनेर भारत भ्रमणमा जान आफूलाई आग्रह गरेको यसअघिको बैठकमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर