परालको कुन्युमा फेला परे अपहरणमा परेका बालक « Khabarhub

परालको कुन्युमा फेला परे अपहरणमा परेका बालक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका प्रल्हाद साह र उनकी श्रीमती आइतबार दिउँसो आफ्ना ३ वर्षीय छोरा घनश्यामलाई बाटोको छेउमा राखेर नजिकैको खेतमा धान काट्न गएका थिए ।

साह दम्पत्ति धान काट्दै थिए, बाटोमा हल्ला सुनियो घनश्यामलाई कसैले मोटरसाइकलमा राखेर लग्यो ।

उनीहरु धान काट्न छाडेर छोरा राखेको सडकतर्फ दौडिए । राखेको ठाउँमा छोरालाई भेटेनन् ।

बाटोमा अन्य मानिसहरु पनि जम्मा भए । भीडमा जम्मा भएकामध्ये केही सुनाए, रातो रंगको मोटरसाइकलमा आएका २ जनालाई घनश्यामलाई उठाएर लगे ।

स्थानीयले प्रहरीलाई खबर गरे– लोखरमबाट ३ वर्षीय बालकको अपहरण भयो ।

प्रहरीलाई स्थानीयले अपहरणकर्ताले बालकलाई उठाएर भारतीय सीमातर्फ लगेको पनि बताए ।

प्रहरीले बालकको अपहरण नै भएको निष्कर्श निकालेर तत्काल खोजी शुरु ग¥यो । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतीय राज्य बिहारको प्रहरीसँग समेत समन्वय गरेर सीमा क्षेत्रमा नाकाबन्दी ग¥यो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले खोजीतलास गर्ने क्रममा अपहरणमा परेका बालक छिन्नमस्ता गाउँपालिका–६ कोचा बखारीस्थित खेतमा बनाइएको परालको टाल (कुन्यु)मा सुताइएको अवस्थामा फेला पा¥यो ।

प्रहरीले आइतबार नै बालकको उद्दार गरी परिवारलाई बुझाएको छ । यद्यपि, अपहरणमा संलग्न भनिएका व्यक्ति भने पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले अपहरणकारीको खोजी जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : १७ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको