प्रभु बैंक र गोर्खा सत्याग्रहबीच ‘सेभिङ खाता’ सञ्चालन सम्झौता « Khabarhub

प्रभु बैंक र गोर्खा सत्याग्रहबीच ‘सेभिङ खाता’ सञ्चालन सम्झौता


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपालबीच स्पेसल सेभिङ्ग खाता सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सोमबार बैंकले पत्राकार सम्मेलन गरेर समिति र बैंक खाता सञ्चालन गर्ने विषयमा सम्झौता गरेको हो । व्रिटिश गोर्खामा धेरै वर्ष दुख गरेका नेपाली नाागारिकलाई लागनी गर्ने वातावरण नभएकाले प्रभु बैंकले त्यो अवसर सिर्जना गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

बेलायतमा कमाएको पैसा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने र दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि सम्झौता गरेको उनको भनाइ छ ।

यस्तै, व्रिटिश गोर्खाले कमाएको पैसा नेपाली बैंकले व्याजदर अन्य सुविधा नदिइ चलाउने गरेको गोर्खा सत्याग्रह समिति नेपालका अध्यक्ष कृष्ण बहादुर राईले बताए ।

प्रभु बैंकले शिक्षा, रोजगार, जल विद्युतजस्ता क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने भएको खाताका लागि सहमति गरेको उनले बताए ।

समितिले खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपूर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील गैरसरकारी सस्था हो । उक्त खाता ब्रिटिश सैनिकका परिवारले शुन्य मौज्दातमा खोल्न सक्नेछन् । हालका लागि बाषिर्क ६.५ प्रतिशत व्याज प्रदान गरिने र उक्त खातामा बैंकको नियममानुसार ब्याजदर परिवर्तन हुनेछ ।

यो सम्झौता बमोजिन खाता खोल्ने ब्रिटिश सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुटको समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना