सलमान खानको फिल्म ‘दबंग ३’: रिलिजअघि नै ३५ करोड नाफामा | Khabarhub Khabarhub

सलमान खानको फिल्म ‘दबंग ३’: रिलिजअघि नै ३५ करोड नाफामा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सीधै हल हाउसफूल बनाउँछन् ।

सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभीमा पनि उत्तिकै हेरिने गर्छ ।

२० डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खान, सोनाक्षी सिन्हा, सुदीप र सई मान्जरेकर शीर्ष भूमिकामा छन् ।

दर्शकमाझ प्रतीक्षित यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आँकलन गरिएको छ । त्यसो त सलमानका हरेक फिल्मले बम्पर ओपनिङ गर्ने गर्छन् ।

१२० करोडमा बनेको यो फिल्म रिलिजअघि नै नाफामा गएको भारतीय मिडियाले लेखेका छन् ।

फिल्मको स्याटालाइट राइटस् ८० करोड रुपैयाँमा विक्री भएको छ । जी नेटवर्कले यति रकम दिन तयार भएको हो ।

यस्तै फिल्मको डिजिटल राइटस् अमेजन प्राइमले ६० करोडमा किनेको छ । १५ करोडमा फिल्मको म्युजिक राइटस् विक्री भएको छ ।

रिलिजअघि नै यो फिल्म ३५ करोड भारु नाफामा गइसकेको छ । रिलिजपछि त फिल्मले सय करोड क्लबमा पक्कै इन्ट्री गर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५८ बजे

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो

आहा ! फुङ्फुङ्गे झरना

फुङ्लिङ– जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै

चक्रपथ विस्तार : महाराजगञ्ज–चप्पल कारखाना सडक (फोटोफिचर)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज–चप्पल कारखाना सडक विस्तार

पशुपतिनाथको नागमणि प्रदर्शन

काठमाडौं– पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्री प्रदर्शनमा

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

सर्लाही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थप