रसियामाथि वाडाको ४ वर्षे प्रतिवन्ध « Khabarhub

रसियामाथि वाडाको ४ वर्षे प्रतिवन्ध


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई खेल गतिविधिमा प्रतिवन्ध लगाएको छ । वाडाको प्रतिवन्धसँगै रसियाले सन् २०२० को टोकियो ओलम्पिक र सन् २०२२ को फिफा विश्वकप खेल्न नपाउने भएको छ ।

४ वर्षको प्रतिवन्ध लागेको रसियाका कुनै खेलाडीले आफु डोपिङमा संलग्न नभएको प्रमाणीत गरेमा तटस्थ झण्डामा खेल्न पाउने वाडाले जनाएको छ । स्विटजरल्यान्ड्समा बसेको वाडाको कार्यसमिती बैठकले रसियामाथि प्रतिवन्ध लगाउने निर्णय सर्वसम्मत गरेको हो ।

रसियन एन्टी डोपिङ एजेन्सी (रुसाडा) ले रसियामा भएको भनिएको डोपिङका प्रमाणलाई ‘मेनिपुलेट’ गरेको भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

वाडाले रुसाडालाई प्रतिवन्धविरुद्ध अपिल गर्न २१ दिनको म्याद दिएको छ । यदि रुसाडाले अपिल गरेमा उक्त मुद्दा कोर्ट अफ आर्विटेसन (कास) मा चल्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा