रसियामाथि वाडाको ४ वर्षे प्रतिवन्ध « Khabarhub

रसियामाथि वाडाको ४ वर्षे प्रतिवन्ध


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई खेल गतिविधिमा प्रतिवन्ध लगाएको छ । वाडाको प्रतिवन्धसँगै रसियाले सन् २०२० को टोकियो ओलम्पिक र सन् २०२२ को फिफा विश्वकप खेल्न नपाउने भएको छ ।

४ वर्षको प्रतिवन्ध लागेको रसियाका कुनै खेलाडीले आफु डोपिङमा संलग्न नभएको प्रमाणीत गरेमा तटस्थ झण्डामा खेल्न पाउने वाडाले जनाएको छ । स्विटजरल्यान्ड्समा बसेको वाडाको कार्यसमिती बैठकले रसियामाथि प्रतिवन्ध लगाउने निर्णय सर्वसम्मत गरेको हो ।

रसियन एन्टी डोपिङ एजेन्सी (रुसाडा) ले रसियामा भएको भनिएको डोपिङका प्रमाणलाई ‘मेनिपुलेट’ गरेको भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

वाडाले रुसाडालाई प्रतिवन्धविरुद्ध अपिल गर्न २१ दिनको म्याद दिएको छ । यदि रुसाडाले अपिल गरेमा उक्त मुद्दा कोर्ट अफ आर्विटेसन (कास) मा चल्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५७ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले