पोखरामा भएका प्रतिस्पर्धामा नेपाललाई ४ स्वर्णसहित ३४ पदक « Khabarhub

पोखरामा भएका प्रतिस्पर्धामा नेपाललाई ४ स्वर्णसहित ३४ पदक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ ।

पोखरमा सञ्चालन भएका आठ खेलका कूल १ सय ५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई/दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका थिए ।

त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन/तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक/एक गरी नौ रजत पदक जित्न सफल भयो ।

त्यसैगरी भारत्तोलनमा ११, ब्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र महिला क्रिकेटमा एक/एक गरी २१ रजत पदक जितेको छ । पोखरामा सम्पन्न स्पर्धामा भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कूल २८ पदक जित्न सफल भयो ।

भारतले भारत्तोलनमा नौ, ब्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक/एक स्वर्ण जित्न सफल भयो ।

बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ । आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ । त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ ।

श्रीलङ्काले भारत्तोलन तथा बीच भलिबलमा दुई/दुई तथा ब्याडमिन्टन र एक ट्रायथोलनमा एक/एक स्वर्ण जितेको छ । पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो । भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।

यही मङ्सिर १५ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, ट्रायथोलन १५, बीच भलिबल र ह्याण्डबलमा छ/छ, महिला क्रिकेट र महिला फुटलबमा तीन/तीन गरी कूल १५१ पदकका लागि नेपालसहित सात राष्ट्रबीच स्पर्धा भएको थियो ।

पोखरामा सम्पन्न भएका आठ खेलका लागि ८२४ खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए भने खेल सञ्चालनका लागि ४९१ प्राविधिक तथा अफिसियलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : १९ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का