प्रदेश गएनन् कर्मचारी, समायोजन भएका आधाभन्दा धेरै संघमै | Khabarhub Khabarhub

प्रदेश गएनन् कर्मचारी, समायोजन भएका आधाभन्दा धेरै संघमै


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कर्मचारी समायोजनको काम सकिनै लागेको दावी गरेको छ । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि ५३ हजार ६ सय १२ कर्मचारीको समायोजन भइसकेको छ । तर, ३४ हजार ७ सय ६३ कर्मचारी सघंमै रहेको कान्तिपुर दैनिकमा खबरछ ।

कर्मचारी समायोजनमा खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु कर्मचारी समायोजनको काम सक्न लाग्यौ भन्दै उत्साह प्रकट गर्दा कर्मचारीले प्रदेश रोज्ने क्रम भने कम हुँदै गएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पनि कर्मचारीले संघ छोड्न नमानेको बताएका छन् । उनले विभिन्न समूहका कर्मचारीले संघमा दरबन्दी कायम राख्न दबाब दिन नछाडेको बताए । जसरी भएपनि संघमै रहने दौडधुपमा कर्मचारी रहेको पनि थपलियाले बताए ।

त्यस्तै विखण्डनको मुद्दा लिएर आन्दोलनमा रहेको सीके राउत समूहले सरकारसँग ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री कै निगरानीमा वार्ता भएको, सरकारले गरेको सहमतिको भाषामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भने असन्तुष्ट रहेको, सीके राउतसँगको सहमतिपछि अब मधेशमा तेस्रो धार बन्न सक्ने देखिएको खबर छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : १९ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर