गजल– जीन्दगी « Khabarhub

गजल– जीन्दगी



अलिकति नशा, अलिकति पीडा मिश्रण पो रहेछ जीन्दगी
सपनामै अल्झिरहने अस्वीकार्य विपना भ्रम रहेछ जीन्दगी ।

उडेर चन्द्र छुन सुर्याए सानैमा महाकवी देवकोटाले तर
झन्झावत वीचमा मरीचिका खोज्दै सकिने रहेछ जीन्दगी ।

असफलता बीचमा पनि अद्भुत चमक देखिन्छ मुहारमा
आधार विनाका दिवास्वप्नमा हराऊँदै वित्ने रहेछ जीन्दगी ।

थाहा नपाउने के थियो र तर अज्ञानी भएँ म तिम्रा लागी
आफन्तका छुरी पिठ्यूँमा थाप्दै घायल हुनु रहेछ जीन्दगी ।

दाजु भाइ, साथी संगी, प्रेमी प्रेमी, पत्नी, घर, ससुराली
लिनु र दिनुमा गाँसीएका सम्बन्ध सम्झौता रहेछ जीन्दगी ।

सात्वीक छ यो भौतिक देह छलकपट गरिन कहिल्यै तर
मदिरापान गरेर बाङ्गोटिङ्गो रेखामा हिँडदो रहेछ जीन्दगी ।।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ०२ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित