गजल– जीन्दगी | Khabarhub Khabarhub

गजल– जीन्दगी



अलिकति नशा, अलिकति पीडा मिश्रण पो रहेछ जीन्दगी
सपनामै अल्झिरहने अस्वीकार्य विपना भ्रम रहेछ जीन्दगी ।

उडेर चन्द्र छुन सुर्याए सानैमा महाकवी देवकोटाले तर
झन्झावत वीचमा मरीचिका खोज्दै सकिने रहेछ जीन्दगी ।

असफलता बीचमा पनि अद्भुत चमक देखिन्छ मुहारमा
आधार विनाका दिवास्वप्नमा हराऊँदै वित्ने रहेछ जीन्दगी ।

थाहा नपाउने के थियो र तर अज्ञानी भएँ म तिम्रा लागी
आफन्तका छुरी पिठ्यूँमा थाप्दै घायल हुनु रहेछ जीन्दगी ।

दाजु भाइ, साथी संगी, प्रेमी प्रेमी, पत्नी, घर, ससुराली
लिनु र दिनुमा गाँसीएका सम्बन्ध सम्झौता रहेछ जीन्दगी ।

सात्वीक छ यो भौतिक देह छलकपट गरिन कहिल्यै तर
मदिरापान गरेर बाङ्गोटिङ्गो रेखामा हिँडदो रहेछ जीन्दगी ।।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’