म्याग्दीको तातोपानी कुण्डमा शेरबहादुर र रामचन्द्रको डुबुल्की ! « Khabarhub

म्याग्दीको तातोपानी कुण्डमा शेरबहादुर र रामचन्द्रको डुबुल्की !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी पुगेका छन् ।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका हुन् ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका छन् । नेताहरुले कुण्डको अवलोकनसँगै स्नान समेत गरेका थिए ।

उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्‍याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

यसअघि नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, प्रचण्ड पत्नी सिता दाहाल, गृहमन्त्री रामबहादुर थापा वादलले पनि स्नान गरेका थिए ।

जमीनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनूनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने मान्यता छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ३६ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च