दुई नम्बर प्रदेशमा नेकपाको सभा, ओली, प्रचण्ड र माधव नेपालको सम्बोधन « Khabarhub

दुई नम्बर प्रदेशमा नेकपाको सभा, ओली, प्रचण्ड र माधव नेपालको सम्बोधन



रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज प्रदेश नम्बर दुईमा आमसभाको आयोजना गरेको छ ।

सत्तारुढ दल नेकपाले मधेशमा लामो समयदेखि कुनै ठूलो कार्यक्रम गरेको थिएन ।

तत्कालिन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभाविरुद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपछि नेकपाले मधेशमा ठूलो आमसभा गरेको थिएन ।

नेकपाको दुई प्रदेशको आयोजनामा शनिवार रौतहटको गौरादहमा आमसभाको आयोजना गरिएको छ ।

आमसभामा सम्बोधन गर्न नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल कार्यक्रम स्थल आइपुगेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  २ : ०५ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक