इस्लाम धर्मको अपमान गर्नेलाई मलेशियामा १० वर्षको जेल सजाय « Khabarhub

इस्लाम धर्मको अपमान गर्नेलाई मलेशियामा १० वर्षको जेल सजाय


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेशियामा इस्लाम धर्मको अपमान गरेको अभियोगमा एकजनालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

मलेशियाको एक अदालतले एक व्यक्तिलाई सामाजिक सञ्जालको अनुचित प्रयोग गरी इस्लाम धर्म तथा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको १० अभियोगमा दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुन जनाएका छन् ।

सजाय पाउने मानिसको पहिचान भने सार्वजनिक गरिएको छैन ।

इस्लाम धर्मको अपमान गरेको अभियोगमा मलेशियामा ५० हजार रिङ्गिट जरिवाना तथा १ वर्ष जेल वा दुबै सजाय हुनसक्ने प्रावधान छ । अदलतले सुनाएको पछिल्लो जेलसजायलाई भने निकै कठोर सजायको रुपमा हेरिएको छ ।

अदालतले एक जनालाई १० वर्षको जेल सजाय सुनाएको भएपनि अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि इस्लाम धर्मको निन्दा गरेको अभियोगमा दोषी ठहर गरेको छ । यसै अभियोगमा अन्य दुई जनालाई भने अदालतले रिहा गर्न आदेश दिएको छ । दोषी ठहर भएका अर्का व्यक्तिलाई भने आगामी सोमबाट सजाय सुनाइनेछ ।

मुुसलमान धर्मावलम्बीको बाहुल्यता रहेका मलेशियामा पछिल्लो समययता धार्मिक उग्रवाद, जातीय तथा धार्मिक असहिष्णुता बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५