उपत्यकाबाट १९ मेट्रिक टन फोहर सङ्कलन « Khabarhub

उपत्यकाबाट १९ मेट्रिक टन फोहर सङ्कलन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०४औँ हप्तामा टेकु दोभानस्थित वाग्मती पुलक्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व राजदूत भिक्ट्रीशम्शेर राणा, सफाइ अभियानकर्मीलगायत ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका– ५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित गोठाटार पुलमुनिको नदी किनार सफाइ गरिएको थियो ।

रुद्रमती सफाइ अभियानको २५९ हप्तामा रातोपुल–कालोपुल–शहीदमार्गसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

विष्णुमती सफाइको २३१औँ हप्तामा तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट मानसिंह माध्यमिक विद्यालयसम्म सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११४औँ हप्ताको सफाइ गरियो । एक सय १५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

चक्रपथ सफाइको १००औँ हप्ता

चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा बसुन्धरामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मात्र सक्रियताले सरसफाइ एवं वातावरण संरक्षणमा काम गर्न नसकिएकामा नागरिकस्तरबाट भएको अभियानले सहयोग पुगेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : ५४ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६