सीके रावतसँग भएको सहमति सच्याउन नेकपा नेताको माग « Khabarhub

सीके रावतसँग भएको सहमति सच्याउन नेकपा नेताको माग


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

शनिवार काठमाडौंमा  आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए ।

“पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सीके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन,” रावलले भने ।

सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको भन्दै नेता रावलले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे । नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गरिएकाे भन्दै उनले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने बताए । पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने उनको माग छ ।

“देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ/सङ्गठनसँग सहमति गर्नुपर्छ, तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रमा नसकारात्मक प्रभाव पर्नु हुँदैन,” रावलले भने ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ५ : ५९ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात