रौतहट पुगेर प्रचण्डले भने– नेकपा मधेश विरोधी होइन « Khabarhub

रौतहट पुगेर प्रचण्डले भने– नेकपा मधेश विरोधी होइन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टी मधेश विरोधी नभएको स्पष्ट पारेका छन् ।

नेकपा प्रदेश नम्बर दुईले रौतहटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले केहीले आफ्ना पार्टीलाई मधेश विरोधी भनेको भएपनि त्यसमा सत्यता नभएको बताए ।

‘कतिपयले हाम्रो पार्टीलाई र पार्टीका कतिपय नेतालाई मधेश विरोधी नेताको रुपमा आरोप लगाएका छन्,’ प्रचण्डले भने ‘पृथकतावादको कुरा गर्नेलाई पनि हामीले शान्तिपूर्ण रुपमा मूलधारमा ल्याएका छौं ।’

सबै जाती, समुदाय, क्षेत्रका विषयमा नेकपा संवेदनशील भएको प्रचण्डले बताए ।

उनले नेकपाले हिमाल, पहाड, तराईका जनतालाई समान रुपमा एकतावद्धता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दुईवटा कम्युनिस्ट पार्टी मिलेर ठूलो पार्टी बनेको भन्दै प्रचण्डले नेकपाले जनताको समस्या समाधान गर्ने बताए ।

पार्टी एकताको केही काम बाँकी रहेको भन्दै प्रचण्डले केही दिनमा त्यसलाई पूरा गर्ने दाबी गरे । ‘केही दिन भित्रमा नै पार्टी एकतालाई तलसम्म सकेर राष्ट्रव्यापी अभियानमा आउने छौं’ प्रचण्डले भने ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ३९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट