प्रधानमन्त्री ओलीको प्रश्न– हामी कसरी मधेश विरोधी ? « Khabarhub

प्रधानमन्त्री ओलीको प्रश्न– हामी कसरी मधेश विरोधी ?


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनवरत रुपमा मधेशको हक हितको लागि लडिरहेको बताएका छन् ।

नेकपा प्रदेश नम्बर दुईले रौतहटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ४६ वर्षअघि पनि यही स्थानबाट गिरफ्तार परेको बताए ।

नेकपा मधेश विरोध पार्टी भन्दै हल्ला फैलाइएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । ‘ नेकपा तराईमा विस्थापित छ भन्ने हल्ला छ । नेकपा मधेश तराई विरोधी पार्टी हो भन्ने हल्ला छ’ ओलीले भने,‘ तराई मधेशको हक हितका लागि ४६ वर्ष अघि म यही ठाउँबाट गिरफ्तार भएको थिएँ, अनि हामी नै तराई मधेश विरोधी ?’

उनले मधेशको हरेक क्षेत्रमा विकास गर्ने, राजमार्गहरुलाई सुधार र विस्तार गर्ने, मधेसको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तराईको समस्या आफूलाई थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले बाढी डुवानको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए ।

सीमानमा भारतले बनाएको बाँधले पारेको डुवानको समस्याका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीरतासाथ कुरा गरेको र डुवानको समस्या समाधनमा मोदी सकारात्मक रहेको ओलीले बताए ।

तराई मधेशको विकासलाई अगाडि बढाउन सरकार गम्भीर रहेको प्रधानमन्त्री ओलीले बताए ।

विकास आवश्यक भएर जनताले नेकपालाई बहुमत दिएको र त्यसको सम्मान हुने ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल