प्रधानमन्त्री ओलीको प्रश्न– हामी कसरी मधेश विरोधी ? « Khabarhub

प्रधानमन्त्री ओलीको प्रश्न– हामी कसरी मधेश विरोधी ?


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनवरत रुपमा मधेशको हक हितको लागि लडिरहेको बताएका छन् ।

नेकपा प्रदेश नम्बर दुईले रौतहटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ४६ वर्षअघि पनि यही स्थानबाट गिरफ्तार परेको बताए ।

नेकपा मधेश विरोध पार्टी भन्दै हल्ला फैलाइएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । ‘ नेकपा तराईमा विस्थापित छ भन्ने हल्ला छ । नेकपा मधेश तराई विरोधी पार्टी हो भन्ने हल्ला छ’ ओलीले भने,‘ तराई मधेशको हक हितका लागि ४६ वर्ष अघि म यही ठाउँबाट गिरफ्तार भएको थिएँ, अनि हामी नै तराई मधेश विरोधी ?’

उनले मधेशको हरेक क्षेत्रमा विकास गर्ने, राजमार्गहरुलाई सुधार र विस्तार गर्ने, मधेसको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तराईको समस्या आफूलाई थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले बाढी डुवानको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए ।

सीमानमा भारतले बनाएको बाँधले पारेको डुवानको समस्याका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीरतासाथ कुरा गरेको र डुवानको समस्या समाधनमा मोदी सकारात्मक रहेको ओलीले बताए ।

तराई मधेशको विकासलाई अगाडि बढाउन सरकार गम्भीर रहेको प्रधानमन्त्री ओलीले बताए ।

विकास आवश्यक भएर जनताले नेकपालाई बहुमत दिएको र त्यसको सम्मान हुने ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक