स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ « Khabarhub

स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि पनि कारबाही हुने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन कर्णालीको राजधानी वीरेन्द्रनगर पुगेका गृहमन्त्री बादलले विप्लवलाई चन्दा दिनेलाई पनि कारबाही हुने चेतावनी दिएका हुन् ।

सुरक्षा गोष्ठीपछि आयोजित पार्टी कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, ‘अहिले स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो बजेटबाट उक्त समूह (विप्लव)लाई चन्दा दिने भन्ने सूचना हामीले पाएका छौं । डर र धम्कीका कारण चन्दा दिइने भन्ने कुरा आएको छ । चन्दा लिनेलाई त हामीले कारबाही गरि नै रहेका छौं । अब चन्दा दिनेलाई पनि कारबाही हुन्छ ।’

गृहमन्त्री थापाले कुनै पनि व्यक्ति तथा समूहले चन्दा मागे त्यसको जानकारी प्रहरी र स्थानीय प्रशासनलाई गराउनुपर्ने पनि बताए ।

विप्लव नेतृत्वको नेकपाले गठन गरेको भनिएको समानान्तर सरकारलाई स्थानीय तहबाटै चन्दा जाने गरेको सूचना आफूकहाँ आएको गृहमन्त्रीको भनाइ थियो । ‘स्थानीय तहमा आएको बजेट योजना छुट्याउँदा उनीहरुलाई पनि दिने गरेको भन्ने सूचना हामीले पाएका छौं,’ गृहमन्त्री थापाले भने, ‘समानान्तर सरकार भनिएको छ, राज्यले कुनैपनि समानान्तर सरकारलाई मान्यता दिँदैन । उनीहरुलाई कानूनअनुसार कारबाही हुन्छ ।’

स्थानीय जनप्रतिनिधिले डर र धम्की तथा अन्य कारणले पनि चन्दा दिइरहेको भन्ने जानकारी पाएको बताउँदै गृहमन्त्री थापाले भने, ‘चन्दा माग्नेलाई त कारबाही गर्ने कुरा छँदै छ, अब दिनेलाई पनि कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडाैँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्तोष यादवको कप्तानीमा

काठमाडौँमा ‘मलेसियन फुड फेस्टिभल’ हुँदै

काठमाडाैँ – काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन