दुई दिनदेखि भेनेजुएलामा विद्युत आपूर्ति बन्द, विपक्षीले गराएको सरकारको आरोप « Khabarhub

दुई दिनदेखि भेनेजुएलामा विद्युत आपूर्ति बन्द, विपक्षीले गराएको सरकारको आरोप


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राजनीतिक संकटको दलदलमा फसेको भेनेजुएलामा विद्युत आपूर्ति शुक्रबार पनि बन्द रह्यो । भेनेजुएलामा विद्युत आपूर्ति बन्द हुँदा राजधानी कराकस तथा अन्य विभिन्न शहरका बासिन्दाले शुक्रबरको रात पनि अध्यारोमा बिताए ।

विद्युत आपूर्ति बन्द हुँदा भेनेजुएलाका दशौँ लाख जनता प्रभावित बनेको बताइएको छ ।

सरकारले मुलुकको सबैभन्दा ठूलो जलविद्युत परियोजनामा गडबडी हुँदा विद्युत आपूर्ति बन्द भएको जनाएको छ ।

त्यसअघि बिहीबारको रात पनि भेनेजुएलामा विद्युत आपूर्ति बन्द रहेको थियो ।

भेनेजुएलाको सरकारले भने सरकार गिराउन चाहने विपक्षीले विद्युत आपूर्ति बन्द गराएको आरोप लगाएको छ ।

यता आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुँआ गुआइदोले भने मुलुकमा विद्युत आपूर्ति बन्द हुनुमा निकोलस मादुरोको सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

पछिल्लो २० वर्षयता समाजवादी सरकार रहेको भेनेजुएलामा भएको यो सबैभन्दा लामो विद्युत संकट हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : १० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव