राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी ! « Khabarhub

राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिबियाका पूर्वमा सैनिक जनरल खलिफा हफ्तारको नेतृत्वमा रहेको सरकारले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार पछिल्ला केही सातायता मुलुकको दक्षिण क्षेत्रमा रहेका तेल खानीमा आफ्नो नियन्त्रण कायम गरेको खलिफ हफ्तारको फौजले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको हो ।

त्यसका लागि मुलुकको मध्यभागमा रहेका आफ्ना सैनिक आधारमा हफ्तारको फौजले सैनिक क्षमता बढाउँदै लगेको छ ।

यसै महिनाको शुरुमा हफ्तारले आफ्ना फौजलाई मुलुकको दोश्रो ठूलो शहर बेन्घाजी तथा रणनीतिक रुपमा महत्वपूर्ण शहर जुफ्रातर्फ पठाएको बताइएको छ । त्रिपोलीमा आक्रमण गर्नका लागि हफ्तारका फौज त्यसतर्फ लागेको हुनसक्ने बताइएको छ ।

केही साता अघि मात्रै हफ्तारको फौजले एल सरारालगायतका तेल खानी आफ्नो नियन्त्रणमा लिएको थियो ।

हाल त्रिपोलीमा कुनै पनि बेला हफ्तारको फौजले आक्रमण गरिहाल्न सक्ने चिन्ता पैदा भएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार         त्रिपोलीका सडकमा युवाहरु चर्को स्वरमा हफ्तारको समर्थनमा गीतहरु बजाइरहेका छन् ।

त्यसबाहेक हफ्तारको फौजले त्रिपोलीमै रहेका केही लडाकु गुटसँग त्रिपोलीमा आक्रमण गर्नका लागि सहकार्य गरिरहेको समेत जनाइएको छ ।

यता सैनिक आक्रमण भए त्यसले फयज अल शेर्राजको नेतृत्वमा त्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिपोलीको सरकार पतन हुनसक्ने संभावना रहेको भन्दै पश्चिमा मुलुकका कुटनीतिज्ञले चिन्ता व्यक्त गरेका छन् ।

फयज अल शेर्राजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार निकै कमजोर रहेको र लिबियाको निकै सानो भूभागमा मात्र त्यस सरकारको नियन्त्रण रहेको बताइन्छ ।

अर्कोतर्फ हफ्तारको सरकारलाई भने इजिप्ट र संयुक्त अरब इमिरेट्स युएईको समर्थन रहेको बताइन्छ ।

हफ्तारले सन् २०१४ मा बेन्घाजी तथा त्यस आसपासका शहरबाट आतंकवादी समूहलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : ५० बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ