आफैले अपहरण गराई परिवारसँग १५ लाख मागेपछि.... | Khabarhub Khabarhub

आफैले अपहरण गराई परिवारसँग १५ लाख मागेपछि….


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई पक्राउ गरेको छ ।

उनका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन् । सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : २० बजे

अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौं – औषधि व्यवस्थापन विभागले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको लाईफ

प्रधानमन्त्री प्रचण्डले नबुझेका ५ तथ्य !

काठमाडौं – सोमबार दिउँसो साढे १२ बजेतिर प्रधानमन्त्रीको सचिवालयबाट फोन

सञ्चार मन्त्रालयले भन्यो – ‘एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ’

काठमाडौं – सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको

रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ

काठमाडौं – नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले

रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी

काठमाडौं – व्यवसायीक घराना रमेश कर्प र ट्राभल एजेन्सी बोन्जोय