मेयरको गाडीले ठक्कर दिँदा अर्नाको मृत्यु « Khabarhub

मेयरको गाडीले ठक्कर दिँदा अर्नाको मृत्यु


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमसरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा शुक्रवार राति सरकारी गाडीले ठक्कर दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गरेको गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो ।

रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नाको गाडीको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो । गाडीमा समेत क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको फुयाँलले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ११ : ०२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति