क्रान्ति अझै आवश्यक छ –वैद्य « Khabarhub

क्रान्ति अझै आवश्यक छ –वैद्य


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा अझै क्रान्ति अपरिहार्य रहेको बताएका छन् ।

जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को शनिवार गर्दै वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए पनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य भएको बताए ।

उनले माक्र्सवादी दर्शनमा आस्था राख्ने प्रगतिवादी साहित्य आन्दोलनका धरोहर स्वर्गीय ढकालाई राज्यबाट सम्मान हुनुपर्ने बताए ।

उनले नेपालमा जनयुद्धको प्रक्रिया शुरु भएदेखि नै आफ्नो सानिध्य ढकालसँग रहेको र जनयुद्ध र सामाजिक परिवर्तनमा ढकालको योगदान अविष्मरणीय रहेको चर्चा गरे ।

लेखक, चिन्तक तथा प्राध्यापक हुँदै विभिन्न समयमा क्रियाशील कम्युनिष्ट पार्टीको उच्च पदमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय ढकालको अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा रहेकै अवस्थामा विसं २०६८ मा निधन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : १० बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका