अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ « Khabarhub

अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २६ गते मंगलबार । आज प्रकाशित भएका पत्रपत्रिकाहरुले विभिन्न समाचारहरु छापेका छन् । राजधानी दैनिकले बैंक तथा वित्तीय संस्थाको समाचारलाई मुख्य समाचारका रुपमा आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो शीर्षकमा समाचार छापेको छ ।

बैंक तथा वित्तीय संस्था ऋण उठाउन नसकेर डुब्ने क्रम बढेको छ । चालू आ.व.को साउनदेखि फागुन मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाको १ अर्ब ५ करोड ८९ लाख ५४ हजार १ सय ९२ रुपैयाँ ऋण डुबेको उल्लेख गरेको छ ।

त्यसैगरी पत्रिकाले चिकित्सकहरुको आन्दोलनले बिरामीमा परेको प्रभावलाई पनि पहिलो पृष्ठमा समाचार छापेको छ । चिकित्सकहरुको आन्दोलनले हजारौं बिरामीको विचल्ली भएको छ । बिरामीहरुले उपचार नपाएपछि सरकारीबाट निजीमा रिफर गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सरकार र चिकित्सकको अडान झन कसिलो बन्दै गएको छ । सरकार चिकित्सकहरुप्रति आक्रामक बनेको छ भने माग पूरा नभए राजिनामा दिने सम्मको चेतावनी चिकित्सकहरुले दिएका छन् ।

त्यस्तै पत्रिकाले गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश शीर्षकमा अर्को समाचार छापेको छ । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।
यसैगरी ‘द्वन्द्वपीडितका नाममा ४९ करोड खर्च, उपलब्धि शून्य’ शीर्षकमा राजधानी दैनिकको पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको काम निष्प्रभावी भएको छ ।

सत्य र न्यायनिरुपण गर्न बनेका दुई आयोगमा ६३ हजार बढी उजुरी पर्यो तर अलमलमै चार वर्ष बितेको छ । पीडितलाई न्यायको अनुभूति दिलाउनुको साँटो सम्बन्धित पक्षले उनीहरुको पीडामाथि खेलाँची गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ६ : ५५ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित