टर्कीको चुनावमा संगठित अपराध भएको आशंका: एर्दोगान « Khabarhub

टर्कीको चुनावमा संगठित अपराध भएको आशंका: एर्दोगान


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले हालै भएको स्थानीय निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको मतदानका क्रममा मतपेटिकामा ‘संगठित अपराध’ भएको हुनसक्ने जनाएका छन् ।

रुस भ्रमणमा जानुअघि पत्रकार सम्मेलनमा राष्ट्रपति एर्दोगानले मतपेटिका संगठित अपराधको सिकार भएको हुनसक्ने बताएका हुन् ।

इस्तानबुल शहरमा एर्दोगानको जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिम विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रम इमामोग्लुसँग २५ हजार भन्दा धेरै मत अन्तरले पराजित भएका थिए ।

आफ्ना उम्मेद्वार पराजित भएपछि एकेपीले त्यहाँ पुनः मतगणना गर्न भन्दै निर्वाचन बोर्डसमक्ष उजुरी दिएको थियो । उजुरीपश्चात शहरका केही जिल्लामा दोहोर्याएर गरिएको मतगणनामा दुई उम्मेद्वारबीचको मतअन्तर १६ हजारमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एकेपीले भने शहरका सबै जिल्लामा दोहो¥याएर मतगणना हुनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रपति एर्दोगानले भने एक करोडभन्दा धेरै जनसङ्ख्या रहेको शहरमा कुनै उम्मेद्वार केबल २० हजार भन्दा कम मत अन्तरले पराजित हुँदा त्यसमा षड्यन्त्र भएको हुनसक्ने आशंका पैदा हुने जनाएका छन् ।

अर्कोतर्फ इस्तानबुलको चुनाव जितेको सीएचपीले भने एर्दोगानको भनाइको निन्दा गर्दै एर्दाेगानको मागबमोजिम निर्वाचन बोर्डले दोहो¥याएर मतगणना गराए वा दोश्रो चरणको निर्वाचनको मिति घोषणा गरे त्यसले निर्वाचन बोर्डको विश्वसनीयता तथा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै त्यसो नगर्न आह्वान गरेको छ ।

गत मार्च ३१ मा भएको स्थानीय निर्वाचनमा एकेपीले सबैभन्दा ठूलो शहर इस्तानबुलसहित टर्कीका महत्वपूर्ण शहरहरु राजधानी अंकारा, तेश्रो ठूलो शहर इज्मिरसहित महत्वपूर्ण शहरमा विजयी भएको थियो ।

स्थानीय निर्वाचनमा एकेपीको पराजयलाई टर्कीमा २००३ यता सत्तामा रहेका राष्ट्रपति एर्दोगानको ओरालो यात्रा शुरु भएको अर्थमा विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ७ : ०० बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी