ओलम्पिक छनोट : नेपाल र इन्डोनेसिया भिड्दै, दुवै देशका लागि सान्तवना खेलमात्र « Khabarhub

ओलम्पिक छनोट : नेपाल र इन्डोनेसिया भिड्दै, दुवै देशका लागि सान्तवना खेलमात्र


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ओलम्पिक छनोटबाट बाहिरिसकेका नेपाल र इन्डोनेसियाबीचको खेल आज (मंगलबार) हुँदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रतियोगिताको अन्तिम खेलमा इन्डोनेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

लगातार दुई खेलमा पराजित भएको नेपाल इन्डोनेसियासँग सान्त्वना जीतको खोजिमा रहेको छ भने इन्डोनेसिया पनि नेपाललाई रोक्दै प्रतियोगितामा पहिलो जीतको खोजिमा छ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

यसअघि भएका दुबै खेलमा नेपाल र इन्डोनेसियाले हार ब्यहोरेका थिए । एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् ।

छनोटको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भारतसँग पनि समान ३—१ गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियतामा इन्डोनेसिया नेपाल भन्दा निकै माथि छ । इन्डोनेशिया ८६ स्थानमा र नेपाल १०३ औ स्थानमा छ ।

सन् २०२० मा टोकियोमा हुने ओेलम्पिक एसिया छनोटको पहिलो चरणको खेलमा नेपालले आयोजक म्यानमार, भारत र बंगलादेशसँग समान १–१ को बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार