फुटबलका नायक पेले भेट्न अस्पताल पुगे नेयमार « Khabarhub

फुटबलका नायक पेले भेट्न अस्पताल पुगे नेयमार


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमारले विश्व फुटबलका महान हस्ती पेलेलाई भेटेका छन् । पेलेलाई भेट्न सोमबार नेयमार अस्पताल पुगेका हुन् ।

पेले एक साताअघिदेखि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत छन् । मुत्रनलीमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

७८ वर्षीय पेले आफ्नो रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन खोजेपछि नेयमार अस्पताल पुगेका थिए । उनले बिराम ठीक भएपछि मात्र डिस्चार्ज लिन आग्रह गरेको र पेले अस्पतालमै रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। नेयमारले पेलेसँग सम्वाद गरेका बेलाको तस्वीर आफ्नो ट्वीटर ह्यान्डलमा सार्वजनिक गरेका छन् ।

नेयरमारले गरेको ट्वीट हेर्नुहोस्

तीन पटक विश्व कप फुटबल ब्राजिलले जित्दा नायक बनेका पेले विश्व फुटबलका महान खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६८, १९६२ र १९७० को विश्वकप जिताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १० : ५२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा