कर्मचारी कुर्दै स्थानीय तह « Khabarhub

कर्मचारी कुर्दै स्थानीय तह


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् ।

स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् । ऐन, कानून निर्माणमा भइरहेको ढिलाइदेखि कर्मचारी अभावको विषय प्रमुख रूपमा उठ्ने गरेको छ । पछिल्लो ऐन, कानून निर्माणको विषय सेलाउन थाले पनि कर्मचारी अभावको विषयले महत्व पाउन थालेको छ ।

कार्यरत कर्मचारीसमेत समायोजनको कागजसहित फिर्ता जान थालेपछि कामकाज ठप्प छ । स्थानीय तह भने कर्मचारीको पर्खाइमा छन् । नौ स्थानीय तहमा कर्मचारी समायोजनको समस्या देखिएको छ । गौमुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक खनाल रमाना लिएर गएपछि दैनिक कामकाज ठप्प बनेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसँगै जिल्लाका स्थानीय तह कर्मचारीविहीन बनेका छन् । जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि समायोजनमा आफ्नै गृहजिल्ला गुल्मी सरुवा भएका छन् ।

यस्तै समायोजनपछि कर्मचारीको थप समस्या भएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डम्मर थापा मात्र कार्यरत छन् । नायव सुब्बा कम्मानसिंह कुँवर महाकाली नगरपालिका तथा खरीदार सञ्जीव चौधरी बेलौरी नगरपालिका सरुवा भएर जानु भएपछि दैनिक कामकाजमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापाले बताए।

दुर्गम जिल्लामा आउन कर्मचारीले मन गरेका छैनन् । समायोजनमा पनि शहर, आफ्नै गाउँ र सुविधायुक्त क्षेत्रलाई कर्मचारीले रोजेकै कारण कर्मचारी अभाव देखिएको जिल्ला समन्वय समितिले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कर्मचारी समायोजनले काम कारवाहीमा समस्या परेको र बजेट कार्यान्वयनमा समेत चुनौती थपिएको बताए । दुर्गमको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १ : १५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि