१६ सय कर्मचारी हटाउँदै फ्रान्सेली बैंक « Khabarhub

१६ सय कर्मचारी हटाउँदै फ्रान्सेली बैंक


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पेरिस– फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत १ हजार ६ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । २ ओटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ ।

बैंकले फ्रान्समा कार्यरत ७ सय ५० कर्मचारी कटौती गर्नेछ । फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानूनका आधारमा हटाइनेछ ।

फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिए ।

बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब १ लाख ४८ हजार कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : ४२ बजे

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

गुल्मी – गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

मुगुमा नियमित उडान भर्न सरोकारवालाको जोड

मुगु-  मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन्

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू(अडियोसहित)

काठमाडौँ – आज दिनभर गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

आज असोज १३ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २९, २०२२।

निःशुल्क वितरणका लागि पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

काठमाडौँ – डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४