स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने « Khabarhub

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताएका छन् ।

सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताए । उनले भने,‘गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ ।” हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको रु एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत व्यहोर्ने गर्छ । विसं २०७२ चैत २५ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । हालसम्म ती जिल्लाका १५ लाख ७१ हजार ४८८ नागरिक बीमामा आवद्ध छन् ।

बोर्डले एक वर्षभित्र सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारी गर्दैछ । मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताए । यसका लागि स्थानीय, प्रदेश र सङ्घको ध्यान जानुपर्ने उनको भनाइ थियो । “नेपाल आँखा अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण छ, आगामी दिनमा यसलाई आँखा उपचार तथा जनशक्ति तयारी क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन सरकारले सहयोग गर्नेछ”, मन्त्री खडिवडाले भने ।

बालबालिकाको समग्र स्वास्थ्य सुधारका लागि बालपोषण, सुनौला हजार दिन, बाल संरक्षण अनुदान, खाद्यन्नमा आधारित पोषणजस्ता कार्यक्रम कार्यान्वयनमा आएको र आगामी दिनमा विद्यालय स्वास्थ्य शिक्षामा थप लगानी गरिने उनले जानकारी दिए । व्यावसायिक संस्थालाई सामाजिक र वातावरणीय उत्तरदायित्व पूरा गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ०८ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक